प्रदेश खेलकुद विकाश बोर्ड - परिचय

मिति २०७८/०६/२४ गते बोर्ड गठन भएको थियो । गठन भएपश्चात् सिङ्गो प्रदेशको खेलकुद क्षेत्र उत्साहित मात्रै भएको छैन, छोटो समयमै हामीले महत्वपूर्ण नीतिगत र केही व्यवस्थापकीय कार्यहरु समेत सम्पन्न गरेका छौ । हालसम्म नेतृत्वबिहीन रहेका प्रदेशभरिका चौधवटै जिल्लाका खेलकुद विकास समितिले पूर्णता पाई आफ्नो कार्य समेत प्रारम्भ गरेका छन । प्रदेश खेलकुद विकास बोर्ड खेलक्षेत्रको विकासका लागि अब तीव्र गतिका साथ आफ्ना कार्यक्रमहरु गर्दै अघि बढ्न चाहन्छ साथै यस प्रदेशलाई खेलको क्षेत्रमा १ नं. प्रदेश बनाउन हरेक प्रयास गर्ने छ । यसका लागि सबै खेलप्रेमी महानुभावहरुको साथ र सहयोग रहनेछ भन्ने अपेक्ष बोर्डले लिएको छ ।